स्मार्ट लाइसेन्स : अब जहाँबाट पनि परीक्षा दिन सकिने
काठमाडौं । यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को नयाँ आवेदन एक साताभित्रै खुला गर्ने गरी तयारी गरेको छ । विभागले नयाँ प्रणालीमा आधारित रहेर आवेदन खोल्न लागेको हो ।
नयाँ प्रणालीअन्तर्गत जुनसुकै स्थानमा रहेका मानिसले देशमा रहेका यातायात कार्यालयबाट सेवा लिन सकिने बताइएको छ ।
प्रविधिमा आधारित नयाँ प्रणाली प्रयोगमा आएसँगै सेवाग्राहीले सहज रूपमा सेवा प्राप्त गर्ने विभागको भनाइ छ ।
नयाँ प्रणाली अनुसार अब सेवाग्राहीले आवेदनसँग सम्बन्धित लगभग सबै काम अनलाइन प्रणालीबाटै गर्न पाउने छन् । यसले यातायात कार्यालयमा भिड कम हुने बताइएका छन् ।
यसकाे लागू भएपछि आवेदन दिएको ‘१५ दिनमा’ पालो आउने गरी व्यवस्था मिलाउन लागिएकाे र अनलाइनबाटै शुल्क तिर्न सकिने विभागले जनाएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया