NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ७ गते

स्मार्ट लाइसेन्स : अब जहाँबाट पनि परीक्षा दिन सकिने

काठमाडौं । यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को नयाँ आवेदन एक साताभित्रै खुला गर्ने गरी तयारी गरेको छ । विभागले नयाँ प्रणालीमा आधारित रहेर आवेदन खोल्न लागेको हो ।

नयाँ प्रणालीअन्तर्गत जुनसुकै स्थानमा रहेका मानिसले देशमा रहेका यातायात कार्यालयबाट सेवा लिन सकिने बताइएको छ ।

प्रविधिमा आधारित नयाँ प्रणाली प्रयोगमा आएसँगै सेवाग्राहीले सहज रूपमा सेवा प्राप्त गर्ने विभागको भनाइ छ ।

नयाँ प्रणाली अनुसार अब सेवाग्राहीले आवेदनसँग सम्बन्धित लगभग सबै काम अनलाइन प्रणालीबाटै गर्न पाउने छन् । यसले यातायात कार्यालयमा भिड कम हुने बताइएका छन् ।

यसकाे लागू भएपछि आवेदन दिएको ‘१५ दिनमा’ पालो आउने गरी व्यवस्था मिलाउन लागिएकाे र अनलाइनबाटै शुल्क तिर्न सकिने विभागले जनाएको छ ।