सार्वजनिक सवारी साधनको भाडा बढ्यो, भोलिदेखि लागू हुने
काठमाडाैं । यातायात व्यवस्था विभागले सार्वजनिक सवारीको भाडादर समायोजन गरेको छ । विभागले ३.५ प्रतिशतदेखि ५.१ प्रतिशतसम्म भाडा वृद्धि गरेको हो ।
नयाँ भाडादर भोलिदेखि नै लागू हुने विभागले जनाएको छ । विभागका अनुसार यात्रुवाहक सवारी साधनको मल्य ३.५ प्रतिशत बढाइएको छ । साथै, पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ४.६ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ५.१ प्रतिशतले बढाइएको छ ।
सार्वजनिक यातायातको भाडा समायोजन गर्दा इन्धनको बजार मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले बढेमा वा घटेमा विभागले वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार स्वचालित रुपमा भाडा व्यवस्था छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया