प्राइम लाइफ र गुराँस लाइफलाई मर्जरका लागि समितिले दियो सैद्धान्तिक सहमति
काठमाडाैं । प्राइम लाइफ इन्स्योरेन्स र गुरास लाइफबीच एक-आपसमा गाभ्न र गाभिन मर्जरसम्बन्धी सैद्धान्तिक सहमति दिएको छ ।
समितिले ‘बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६’ को दफा ६ बमोजिम सहमति दिएको हो । साथै सोही निर्देशिकाको दफा ७ बमोजिम मूल्यांकनकर्ता नियुक्त गरी समितिमा विवरण पेश गर्नसमेत निर्देशन दिइएको समितिले जनाएकाे छ ।
ती कम्पनीहरुले आफूहरुबीच आपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्ने सहमति भएको जानकारी दिँदै त्यसका लागि संयुक्तरुपमा निवेदन दिई सहमति माग गरेकाले समितिले त्यस सम्बन्धमा आज सैद्धान्तिक सहमति प्रदान गरेको हो ।
यसअघि २०७९ वैशाख २३ मा समितिले “बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६’ को दफा ६ बमोजिम हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स कम्पनीलाई आफूहरुबीच एक आपसमा गाभ्ने र गाभिने सम्बन्धमा सहमति गरी त्यसका लागि सहमति पाउन संयुक्तरुपमा समितिमा निवेदन दिएका थिए ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया