हचुवाको भरमा विजयी घोषणा नगर्न काउन्सिलको ध्यानाकर्षण
काठमाडाैं । प्रेस काउन्सिल नेपालले स्थानीय तह निर्वाचन, २०७९ को मतगणना हुने र परिणाम आउने क्रम जारी रहेकाले अनुमानको भरमा समाचार सम्प्रेषण नगर्न सम्बद्व पत्रकार र सञ्चार माध्यमलाइ ध्यानाकर्षण गराएको छ ।
विभिन्न स्थानमा मतगणना चलिरहेको र त्यसको अन्तिम परिणाम आउन अझै केही दिन लाग्ने देखिएको अवस्थामा केही सञ्चार माध्यमले आफैँ विजय घोषणा गरेर समाचार सम्प्रेषण गरेको पाइएको हुँदा निर्वाचन आयोगबाट सत्य–तथ्य र आधिकारिक जानकारी लिएर मात्र समाचार सम्प्रेषण गर्न प्रेस विज्ञप्तिमार्फत भनिएको हो ।
यस्तै निर्वाचन सम्पन्न गराउन पत्रकारजगतले आफ्नो तर्फबाट निभाएको भूमिकाको प्रशंसा गर्दै काउन्सिलले सम्बद्व पत्रकार, सञ्चार माध्यमलाई धन्यवाद दिएको वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालद्वारा मङ्गलबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
साथै समयमा नै तथ्यांक अद्यावधिक (अपडेट) नहुँदा सञ्चार माध्यमबाट ‘अडियन्स’ मा गलत, अपुष्ट सन्देश जाने भएकाले यसतर्फ ध्यान दिँदै तथ्यांक अद्यावधिक गरी पत्रकार र सञ्चार माध्यमलाई समयमा नै प्रदान गर्न काउन्सिलले निर्वाचन आयोग नेपाललाई आग्रह गरेको छ ।

ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया