NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार २ गते

भरतपुरको मतगणना थप रोचकतातर्फ : रेनुलाई ६ सय मतको अग्रता

काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरमा रेनु दाहालले अग्रतालाई थप बलियो बनाउँदै लगेकी छिन् । एमालेका विजय सुवेदीलाई दाहालले ६०१ मतले पछि पारेकी हुन् । यस अघि विजयले थाेरै मतले अग्रता लिएका थिए ।

तर रेनुले अग्रता लिन थालेपछि अग्रता थप बलियाे बनाउँदै लगेकी हुन् ।

२२६८६ मत गनिसक्दा रेनुले ७८५७ मत प्राप्त गरेकी छिन् । पछि परेका सुवेदीले ७२५६ ल्याएका छन् ।

कांग्रेसबाट बागी बनेका जगन्नाथ पौडेलले ३७०९ ल्याएका छन् ।

उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ९४७९ मत ल्याएका छन् । एमालेको सहयोगमा उठेकी राप्रपाकी हिमला गुरूङले ६ हजार मत ल्याएकी छिन् ।

ताजा अपडेट

नेपालवाच विशेष