रिभर फल्स पावरको आइपिओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडाैं । रिभर फल्स पावरको आइपिओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । उक्त आइपिओमामा लगानीकर्ताले आज ५ कार्यालय समयसम्म आवेदन दिन सक्नेछन् ।
उक्त आइपिओमा मागभन्दा मंगलबार ५ बजेसम्ममा ६.९३ गुणा बढी आवेदन परेको सिडिएस एण्ड क्लियरिङले जनाएको छ ।
कम्पनीले गत बुधबार (वैशाख २८) देखि प्रतिसेयर सय अंकित दरले २७ लाख ३० हजार कित्ता साधारण सेयर जारी गरेको हो । जसमा २ प्रतिशत सेयर कर्मचारीका लागि ५ प्रतिशत सेयर सामूहिक लगानी कोषका लागि र बाँकी २५ लाख ३८ हजार ९०० कित्ता सर्वसाधारणका लागि छुट्टाइएको थियो ।
कम्पनीको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । सर्वसाधारणले जारी आइपिओमा न्यूनतम १० कित्ता र अधिकतम एक लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया