NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

पाँचपोखरी थाङपालमा मतपत्र हराएको भन्दै विवाद

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाको वडा नम्बर ५ को गुन्सामा चार वटा मतपत्र हराएपछि विवाद भएको छ ।

पुनः मतगणनाको माग गर्दै कांग्रेससहित अन्य दलका कायकर्ताले मतगणना अवरुद्ध गरेका छन् । त्यहाँ बिहीबार बेलुकादेखि नै मतगणना अवरुद्ध भएको हो । अहिलेसम्म सहमति जुट्न सकेको छैन ।

मतगणनाको क्रममा तीन मत हराएको र चारवटा मतपत्रको अर्धकट्टी नै नभएको पाइएपछि विवाद बढेको हो ।