NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

सुनको मुल्य ९०० रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौ । बुधबार सुनचाँदीको मुल्य घटेको छ । मंगलबार प्रतितोला २ सय रूपैयाँ बढेर ९६ हजार सात सय रूपैयाँमा कारोबार भएको सुन बुधबार ९ सय रूपैयाँले घटेर ९५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बुधबार तेजावी सुन प्रतितोला ९५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेकाे छ । मंगलबार  तेजावी सुन प्रतितोला ९६ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै मंगलबार एक हजार २६० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १० रुपैयाँले घटेर एक हजार २५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।