बागलुङको प्रमुखमा कांग्रेस, उपप्रमुखमा माओवादी विजयी

बागलुङ । बागलुङ नगरपालिकामा गठबन्धन दलका उम्मेदवार विजयी भएका छन् । नेपाली कांग्रेसका बसन्तकुमार श्रेष्ठले १४ हजार ६७८ मत ल्याएर प्रमुखमा विजयी भएका हुन ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा ( एमाले)का जनकराज पौडेलले आठ हजार ८२१ मत प्राप्त गरेका छन् । वि.स २०७४ को चुनावमा भने श्रेष्ठलाई पराजित गरी पौडेल प्रमुखमा निर्वाचित भएका थिए ।
यस्तै उपप्रमुखमा नेकपा (माओवादी केन्द्र) का राजु खड्का विजयी भएका छन् । खड्काले १२ हजार ४२७ मत ल्याएका छन् ।
उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका सञ्जय खड्काले आठ हजार ६५ मत प्राप्त गरेका छन । पाँच दलीय र एमाले–राप्रपा गठबन्धनबीच चुनावी प्रतिस्पर्धा भएको थियो ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया