बागलुङको प्रमुखमा कांग्रेस, उपप्रमुखमा माओवादी विजयी
बागलुङ । बागलुङ नगरपालिकामा गठबन्धन दलका उम्मेदवार विजयी भएका छन् । नेपाली कांग्रेसका बसन्तकुमार श्रेष्ठले १४ हजार ६७८ मत ल्याएर प्रमुखमा विजयी भएका हुन ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा ( एमाले)का जनकराज पौडेलले आठ हजार ८२१ मत प्राप्त गरेका छन् । वि.स २०७४ को चुनावमा भने श्रेष्ठलाई पराजित गरी पौडेल प्रमुखमा निर्वाचित भएका थिए ।
यस्तै उपप्रमुखमा नेकपा (माओवादी केन्द्र) का राजु खड्का विजयी भएका छन् । खड्काले १२ हजार ४२७ मत ल्याएका छन् ।
उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका सञ्जय खड्काले आठ हजार ६५ मत प्राप्त गरेका छन । पाँच दलीय र एमाले–राप्रपा गठबन्धनबीच चुनावी प्रतिस्पर्धा भएको थियो ।
ताजा अपडेट
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन


प्रतिक्रिया