याङ्वरक गाउँपालिका अध्यक्षमा एमालेका योङ्या विजयी
शंकर चापागाई, पाँचथर । पाँचथरको याङवरक गाँउपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेकपा एमालेका उमेद्वार निर्वाचित भएका छन् । सत्ता गठबन्धनका उमेद्वारहरुलाई पछि पार्दै पालिकाको अध्यक्ष र उपाध्यक्ष नेकपा एमालेका उमेद्वारले जितेका हुन् । अध्यक्षमा नेकपा एमालेका भीमबहादुर योङ्या निर्वाचित भएका छन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका मबिन्द्र योङ्लाई ८० मत अन्तरले पराजित गर्दै योङ्या विजयी बनेका हुन् । योङ्याले ४ हजार १ सय १८ मत प्राप्त गर्दा सत्तारुढ गठबन्धनका उमेद्वार मबिन्द्रले ४०३८ ले मत प्राप्त गरेका छन् । यस्तै उपाध्यक्षमा नेकपा एमालेका तर्फबाट उमेद्वार बनेकी बाबा मेनेङ्बो निर्वाचित भएकी छन् । निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका अर्जुन बेघालाई तीन सय १९ मतले पराजित गर्दै बाबाले उपाध्यक्षमा जित हासिल गरेकी हुन् ।
बावाले ३९९८ मत प्राप्त गर्दा अर्जुनले ३६७९ मत प्राप्त गरेका छन् । १ नगरपालिका र ७ गाउँपालिका रहेको पाँचथरमा हालसम्म ७ वटा गाउँपालिकाको मतपरिणाम सार्वजनिक भइसकेको छ भने एक नगरपालिकाको नतिजा सार्वजनिक हुन बाँकी रहेको छ ।
ताजा अपडेट
-
सुनको भाउ घट्दा चाँदीको बढ्यो
-
२० दिनको बिदापछि इजलास फर्किन् न्यायाधीश मल्ल
-
सुनकोशी-मरिण डाइभर्सनको बाँध निर्माणका लागि ठेक्का आह्वान
-
रविले बोलाएको सर्वदलीय बैठक हर्क साम्पाङले गरे बहिष्कार
-
शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो


प्रतिक्रिया