दुधौलीको प्रमुखमा माओवादी केन्द्र र उपप्रमुखमा कांग्रेसको जित
सिन्धुली । दुधौली नगरपालिकाको प्रमुखमा नेकपा (माओवादी केन्द्र) का दिनेश अधिकारी दनुवार र उपप्रमुखमा नेपाली कांग्रेसका चन्द्रकिशोर थारु निर्वाचित भएका छन् ।
नेकपा (एमाले) का उम्मेदवारलाई पराजित गर्दै दनुवार र थारु निर्वाचित भएका हुन । दनुवारले १५ हजार ८३८ तथा थारुले १४ हजार २१३ मत प्राप्त गरेका छन् ।
प्रमुखका प्रतिद्वन्द्वी एमालेका लक्ष्मण कार्कीले १० हजार ६३५ तथा उपप्रमुखका प्रतिद्वन्द्वी एमालेकै बालकुमारी अधिकारीले १० हजार ६११ मत प्राप्त गरेकी छन् ।
पराजित अधिकारी २०७४ सालमा उपप्रमुखमा निर्वाचित भएकी थिइन् । चौध वडामध्ये कांग्रेसले सात, एमालेले चार र माओवादी केन्द्रले तीन वटामा जित हासिल गरेको छ ।
कांग्रेस वडा नं १, ३, ४, ५, ६, ७ र ८ मा विजयी भएको छ । यस्तै एमाले उम्मेदवार वडा नं २, ९, १० र ११ मा तथा माओवादी केन्द्रका उम्मेदवार वडा नं १२, १३ र १४ मा विजयी भएका छन् ।
ताजा अपडेट
-
के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?
-
विदेशी लगानीका लागि नेपालका सबै क्षेत्र खुला छन् : देउवा
-
विदेशी मुद्रामा नाफा लैजाने सुनिश्चितताले लगानीको आकर्षण बढाएको : प्रधानमन्त्री (पूर्णपाठ)
-
इलाममा मतगणना सुरु
-
अर्जुनराज खनिया एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा
प्रतिक्रिया