NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र बिक्री गर्ने

काठमाडौं । राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र २०८१ ‘ङ’ बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले २ वर्ष अवधिको लागि  विकास ऋणपत्र बिक्री गर्ने भएको हो ।

उक्त ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, गैर बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नगारिकले बोलकबोल पेश गर्न पाउनेछन् । बोलकबोल जेठ ५ गते दिउँसो ३ बजेसम्म हुने छ भने जेठ ६ गते निष्कासन हुने छ । उक्त  ऋणपत्रको साँवा भुक्तानी अवधि भने २०८१ जेठ ६ गते रहेको छ ।

ब्याजदर भने बोलकबोलको माध्यमबाट निर्धारण गर्नुपर्ने छ । यो ऋणपत्र धितो राखेर कर्जा लिन तथा दिन सकिने छ । इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अति प्रतिस्पर्धी रूपमा सहभागी हुन सक्ने बैंकले जनाएको छ ।