गोकुल बाँस्कोटाको नगरमा एमाले पराजित

काठमाडौं । एमाले नेता गोकुल बाँस्कोटाको नगरमा माधव नेपालको नेकपा एकीकृत समाजवादी विजयी भएको छ ।
एमाले उम्मेदवार विदुरप्रसाद सापकोटालाई पराजित गदै मण्डन देउपुर नगरपालिकाको मेयरमा नेकपा एसका टोकबहादुर वाइबा मेयरमा निर्वाचित भएका हुन् ।
वाइबा २०७४ सालमा पनि एमालेबाट मेयर जितेका थिए । एमाले विभाजन भएपछि वाइबा नेकपा एसमा गए र गोकुल बाँस्कोटाको गृहनगरमा उनैको पार्टीलाई हराउन सफल भएका हुन् ।
उपमेयरमा कांग्रेसका विष्णुमणि नेपाल विजयी भएका छन् ।
प्रतिक्रिया