सुनकोसी गाउँपालिका अध्यक्षमा एमालेका तिमल्सिना विजयी
सिक्धुपाल्चोक । सुनकोसी गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का टपिन्द्रप्रसाद तिमल्सिना विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार श्रवण जिसीलाई ४२ मतले पराजित गर्दै उनी निर्वाचित भएका हुन् ।
तिमल्सिनाले पाँच ९३२ मत पाए । उपाध्यक्षमा नेपाली कांग्रेसकी कान्छी लामा पाँच हजार ९०४ मत प्राप्तगरी विजयी भए । उनको निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रकी दुर्गा थापाले चार हजार ९७४ मत पाइन् ।
जुगल गाउँपालिकामा माओवादी–कांग्रेस गठबन्धन विजयी भएको छन् । अध्यक्षमा माओवादीका उम्मेदवार रेशम स्याङ्वो र उपाध्यक्षमा कांग्रेसका हिमालकुमार श्रेष्ठ निर्वाचित भए ।
स्याङ्वोले पाँच हजार ५७२ र श्रेष्ठले चार हजार ७६८ मत प्राप्त गरे । निकटतम् प्रतिद्वन्द्वी एमाले प्रमुखका उम्मेदवार जयबहादुर लामाले चार हजार ४०० र उपप्रमुखका निकटतम प्रतिस्पर्धी सुनिता थापा लामाले तीन हजार ७०७ मत पाए । पाँचपोखरी गाँउपालिकामा मतगणना जारी रहेको र एमालेका उम्मेदवारले अग्रता लिएका छन् ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया