महिला क्रिकेट : युगान्डा र नेपालबीच खेल हुँदै
काठमाडौं । युगान्डाविरुद्धको तेस्रो टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेपछि सुरुवातमा ब्याटिङ गर्ने निर्णय गरेको हो । नेपालले आज युगान्डालाई पराजित गदै सिरिजमा पहिलो जित दर्ता गराउने उद्देश्यका साथ मैदानमा उत्रदै छ ।
पाँच खेलको महिला टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा युगान्डा २-० ले अघि रहेको छ । युगान्डाले पहिलो खेलमा नेपाललाई १२ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा नेपाल युगान्डासँग १ विकेटले पराजित भएको थियो ।
नेपालको प्लेइङ एघारमा कप्तान रुबिना क्षेत्री, ज्योति पाण्डे, सीता राना मगर, इन्दु बर्मा, रोमा थापा, सरिता मगर, कविता जोशी, सङ्गीता राई, सबनम राई, डली भटू र विन्दु रावल रहेका छन् ।
ताजा अपडेट
-
झापामा पूर्वशिक्षकबाटै एरिनाबाट गोली प्रहार भएको खुलासा
-
नेपालमा रहेका वेष्ट इन्डिजका तीन खेलाडी विश्वकप टोलीमा
-
आरबी कम्प्लेक्स र पिपुल्स प्लाजाद्वारा लाखौं कर छली
-
सूचना आयोगले सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट १३ जनालाई पुरस्कृत गर्ने
-
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैन : अर्थमन्त्री पुन
प्रतिक्रिया