कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा सुरक्षा पन्त

काठमाडौं । अभिनेत्री सुरक्षा पन्त फ्रान्समा भइरहेको कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा सहभागी भएकी छिन् । उनी बुधबार साँझ राताे गाउनमा सजिएर कार्यक्रममा सहभागी भएकी हुन् ।
उनी ‘द एट माउन्टेन्स’ फिल्मको विशेष प्रदर्शनीमा चलचित्र टिमसहित सहभागी भएकी हुन् । यो फिल्ममा सुरक्षाको अभिनय रहेको छ ।
फिल्मका इटालियन कलाकार, बेल्जियमका निर्देशकद्वय फिलिक्स भ्यान ग्रोनिगेन र शार्लोट भ्यान्डामेर्शसहित सहभागी भएकी हुन् ।
कान्सको रेड कार्पेटमा पुग्ने सुरक्षा पहिलो नेपाली कलाकार हुन् ।
प्रतिक्रिया