नगराइन नगरप्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले
जनकपुर । धनुषाको नगराइन नगरपालिकाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् ।
निर्वाचन अधिकृत सुदीपकुमार दङ्गालका अनुसार नगरप्रमुख कांग्रेसका विनयकुमार यादव पाँच हजार ५५६ मत ल्याएर विजयी भएको छ ।
उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका रामबाबु पंजियारले पाँच हजार ५१४ मत प्राप्त गरे । उपप्रमुखमा एमालेका राधादेवी यादव पाँच हजार ७३० मत प्राप्त गरी विजयी भइन् । उनका निकटम प्रतिस्पर्धी कांग्रेसका रञ्जुकुमारी साहले पाँच हजार ५२३ मत ल्याइन् ।
यस्तै सिरहाको धनगढीमाई नगरपालिकाको प्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
नगरपप्रमुखमा एमालेका शिवशङ्कर महतो सात हजार ५६ मत ल्याएर विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेस जिल्ला सभापति तथा पूर्वसांसद रामचन्द्र यादवले छ हजार ९०१ मत प्राप्त गरे ।
पूर्वनगरप्रमुख नेकपा (माओवादी केन्द्र) का हरिनारायण चौधरीले चार हजार ३६९ मत प्राप्त गरे ।
यस्तै उपप्रमुखमा कांग्रेसका संगीताकुमारी चौधरीले छ हजार ६१३ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका शोभाकुमारी बरालले छ हजार ३७८ मत प्राप्त गरिन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया