पचालझरना गाउँपालिकामा माओवादी विजयी
मान्म । कालीकोटको पचालझरना गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवैमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा देवराज शाही र उपाध्यक्षमा अल्किना बम विजयी भएका हुन् ।
गाउँपालिकाको अध्यक्षमा शाही दुई हजार ३६२ मत ल्याएर विजयी भएको र बम दुई हजार ३९८ मत ल्याएर उपाध्यक्षमा विजयी भएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।
गाउँपालिका अध्यक्ष शाहीका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका टेकबहादुर बुढाले दुई हजार ७२९ मत ल्याएका थिए । उपाध्यक्ष बमका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले) का रन रोकायाले एक हजार २३६ मत ल्याएका थिए ।
यस गाउँपालिकामा माओवादी केन्द्र एक्लै निर्वाचनमा गएको थियो भने कांग्रेस र एमालेले गठबन्धन गरेका थिए ।
नौ वडा रहेको यस गाउँपालिकामा आठ वडामा माओवादी केन्द्र विजयी भएको छ भने एउटामा कांग्रेस विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया