लम्कीचुहा नगरपालिका प्रमुख र उपप्रमुख दुवैमा महिला निर्वाचित

काठमाडाैं। कैलालीका लम्कीचुहा नगरपालिका प्रमुख र उपप्रमुख दुवैमा महिला निर्वाचित भएका छन् । सो नगरपालिकामा प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार सुशीला शाही १२ हजार ७१३ मत ल्याई विजयी भएकी छिन् ।
उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार महादेव बजगाईलाई २ हजार २७८ मतान्तरले पराजित गरेकी हुन् । पराजित महादेव बजगाईले १० हजार ४३५ मत ल्याएका छन् ।
यस्तै उपप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) की उम्मेदवार जुना चौधरी ११ हजार ७०८ मत ल्याएर निर्वाचित भएकी छिन् । उनका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की उम्मेदवार जानकी कुमारी सिंहले ८ हजार ३०८ मत ल्याएकी छन् ।
ताजा अपडेट
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
-
ट्रम्पद्वारा रुसमाथि नयाँ प्रतिबन्धको सङ्केत
-
सिङ्गापुरलाई हराउँदै नेपालले जित्यो यू–१६ इस्ट जोन कपको उपाधि
प्रतिक्रिया