नवनिर्वाचित वडाध्यक्षद्वारा अस्पतालमा रहेको शव ल्याउन सहयोग
इलाम । पैसा तिर्न नसकेर अस्पतालमा नै राखिएको शव नवनिर्वाचित वडाध्यक्षले ल्याउन सहयोग गरेका छन् । इलामको माई नगरपालिका–७ का वडाध्यक्षमा निर्वाचित बुद्धि खनाले सपथ लिनु अगाबै आर्थिक अभावमा अस्पतालमा अलपत्र परेको एक महिलाको शव निकालेर घरसम्म ल्याउन सहयोग गरेका हुन् । उनले शपथ लिनु आगावै अस्पतालमा अलपत्र युवतिको शव घरसम्म ल्याउन पहल गरेपछि परिवारले अन्तेष्ठी गरेको बताइएको छ ।
माई नगरपालिका–७ की २४ वर्षकी देउकला लुंगेली मगरको जेठ ४ गते काठमाडौँको मनमोहन मेमोरियल मेडिकल कलेजमा मृत्यु भएको थियो । उनको मृत्युपछि अस्पतालले उपचार खर्च तिर्न र शव बुझ्नका लागि परिवारलाई बोलाएको थियो । आर्थिक अभावका कारण उनको परिवार काठमाडौँ गएर उपचार खर्च तिर्ने र शव ल्याउन सक्ने अवस्थामा थिएन । नवनिर्वाचित वडाध्यक्ष खनालले अस्पतालमा लागेको रकम भुक्तानी गरेर शव घरसम्म ल्याउने व्यवस्था मिलाइएका थिए ।
मृतक मगरका श्रीमान् सात वर्षदेखि सम्पर्कमा नभएको र तीन महिनाअघि उनीहरूको घर आगलागीबाट सखाप भएको थियो । वैदेशिक रोजगारीका लागि दुबईबाट फर्किएकी मगर मिर्गौलाको रोगी थिइन् । मृतक मगरको सात वर्षको एक बच्चा छ । सामाजिक सेवा गर्न जनताले मत दिएको बताएका वडाध्यक्ष खनालले सहयोग गर्न पाउँदा खुसी व्यक्त गरे।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया