नेपालले दियो युगान्डालाई १२४ रनको लक्ष्य
काठमाडौं । महिला टी–२० अन्तराष्ट्रिय शृंखलाको पाँचौं अर्थात् अन्तिम खेलमा नेपालले युगान्डालाई १२४ रनको लक्ष्य दिएको छ ।
नेपालका लागि ज्योति पाण्डे एक रनले अर्धशतक बनाउन चुकिन् । उनले ४९, कविता जोशीले १८, सिता रानामगरले १७, अप्सरी बेगमले ११ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन पनि बनाउन सकेनन् ।
२० ओभरमा ६ विकेट गुमाउँदा नेपालका ४ खेलाडी रनआउट भए । रनआउट हुनेमा ४९ रन बनाउने ज्योती पाण्डे, ८ रन बनाउने अप्सरा बेगम र खाता नै नखोललेका कप्तान रुविना क्षेत्री र डोल्ली भट्ट छन् ।
लगातार तीन खेल हारेको महिला टोलीले सिरिज गुमाइसकेको छ । चौंथो खेलमा भने नेपाल विजयी भएको थियो । यो युगाण्डाको नेपाल भ्रमणको अन्तिम खेल हो ।
ताजा अपडेट
-
जलविद्युत् आयोजनाको सुरुङमा चलाइएको उद्धार मिसन : कहाँ के हुँदैछ ?
-
२५ सयले बढ्यो सुनको भाउ
-
त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका साह भन्छन्– ‘भित्र सबै सकुशल छन्’
-
त्रिशूली–३ ‘ए’ सुरुङबाट १०औँ दिनमा दुई जनाको जीवितै उद्धार
-
त्रिशूली ३ एको सुरुङबाट कविर महर्जनको पनि सकुशल उद्धार


प्रतिक्रिया