सुनको मूल्य ७०० रूपैयाँ बढ्यो

काठमाडाैं । साताको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य साता सय रूपैयाँ बढेर ९८ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।
गत शुक्रबार सुनको मूल्य एक हजार रूपैयाँ घटेर ९७ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुन प्रतितोला ९७ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
आज सुनको मूल्य स्थिर छ । महासंघका अनुसार गत शुक्रबार तोलामा एक हजार २७० रूपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको हो ।
प्रतिक्रिया