उपाधिका लागि निर्णायक खेल जारी : पहिलो हाफ लिभरपुल बराबरीमा, सिटी एक गोलले पछि
काठमाडौं । इंग्लिस प्रिमियर लिगका अहिले १० खेल भइरहेका छन् । यीमध्ये दुई खेल उपाधिका लागि निर्णायक छन् ।
अहिले उपाधि दौडमा साविक विजेता म्यानचेस्टर सिटी र लिभरपुल छन् । खेलअघिसम्म सिटी लिभरपुलभन्दा एक अंकले अगाडि थियो ।
तर, पहिलो हाफ सकिँदासम्म अहिले सिटी एस्टन भिल्लासँग एक गोलले पछि छ । एस्टन भिल्लाका म्याटी क्यासले ३७ औँ मिनेटमा अग्रता दिलाएका छन् ।
अर्कोतिर लिभरपुल भने उल्भसँग एक–एक गोलको बराबरीको अवस्थामा छ । उल्भका पेड्रो नेटोले खेलको तेस्रो मिनेटमा नै अग्रता दिलाएका थिए । तर साडियो मानेले २४ औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका छन् ।
पहिलो हाफको अवस्थामा दुवैकाे समान ९० अंक रहेको छ । यसरी नै खेल टुंगिए हारमा बाबजुद गोलअन्तरका आधारमा सिटीले उपाधि जित्ने छ । यसर्थ, लिग जित्न लिभरपुललाई जितको खाँचो छ । लिभरपुललाई उपाधि जित्नबाट पूर्ण रुपमा रोक्न सिटीलाई पनि स्पष्ट जितको खाँचो छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया