आज पनि मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना
काठमाडौं । आज पनि मेघ गर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने सम्भावना मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।
स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभावले केही दिनयता मौसम विथोलिएको र आज पनि त्यसको असर रहने मौसमविद्ले जनाएका छन् ।
सोमबार बिहान मात्रै पनि बागमती र गण्डकीका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।
दिउँसो पनि यो क्रम यथावत् रहने महाशाखाको प्रक्षेपण छ ।
महाशाखाको अनुसार, मौसममा देखिएको अहिलेको प्रभाव मंगलबार रातिसम्मै रहनेछ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया