वामदेव किन हिँडे सुटुक्क अमेरिका ?
काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतम सुटुक्क अमेरिका प्रस्थान गरेका छन् ।
गौतम श्रीमती तुलसासहित आइतबार साँझ बजे कतार एयरलाइन्सको उडानबाट अमेरिका प्रस्थान गरेका हुन् ।
निजी भ्रमण भएकाले यो विषय औपचारिक रुपमा बाहिर नल्याइएको उनको सचिवालयले जनाएको छ ।
यतिबेला नेपाल र अमेरिका कूटनीति सम्बन्धको ७५ वर्षगाँठका मनाइरहेको अवस्था छ । यसैको निहुँ पारेर अमेरिकी उपविदेशमन्त्री उज्रा जियाले भर्खरै नेपाल भ्रमण गरेकी छिन् ।
नेपालको संसद्बाट एमसिसी पारित गरेपछि अमेरिकी अधिकारीहरूको भ्रमण बाक्लिएको छ । साथै, नेपालका नेता र अधिकारीहरू पनि अमेरिका क्रम चलिरहेको छ । यहीबेला नेता गौतम पनि अमेरिका जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
प्रधानमन्त्री र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता – NepalWatch
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया