NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

वीरगञ्जको मेयरमा सिंह र उपमेयरमा आलमको जित पक्का

काठमाडौं । वीरगञ्ज महानगरपालिकको मेयरमा जनता समाजवादी पार्टीका राजेशमान सिंह र उपमेयरमा नेपाली कांग्रेसका इम्तियाज आलमको जित पक्का भएको छ ।

दुवै उम्मेदवारले प्रतिस्पर्धीमाथि गणना हुन बाँकी मतभन्दा बढीको अग्रता लिएपछि जित पक्का भएको हो ।

कुल १ लाख २४ हजार ६ सय ४७ मतदाता रहेको वीरगञ्जमा खसेको ९३ हजार ७ सय ८२ मतमध्ये ७७ हजार ५७७ मत गणना भइसकेको छ । अर्थात् अब मात्रै १६ हजार २०५ मतगणना गर्न बाँकी छ ।

तर दुवै उम्मेदवारले गणना हुन बाँकी मतभन्दा बढीको अग्रता विपक्षीमाथि बनाएका छन् । सिंहको नजिकको प्रतिस्पर्धामा एमालेका विजय कुमार सरावगी छन् । राजेशमानले ३८ हजार ४३७ मत हासिल गर्दा सरावगी १९ हजार ६७९ मतका साथ पछ्याइरहेका छन् । उनीहरू दुईबीचको पछिल्लो मतान्तर १८ हजार ७५८ छ ।

उपमेयरमा पनि नेपाली कांग्रेसका इम्तियाज आलमको जित सुनिश्चित भएको छ । इम्तियाजले २४ हजार ९१५ मत हासिल गरिसक्दा झा उनीभन्दा निकै तल ६ हजार ५६८ मतका साथ पछ्याइरहेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष