गौतम बुद्ध विमानस्थलमा जजिरा एयरको विमान चरासँग ठोक्कियो
भैरहवा । भैरहवाको गौतमबुद्ध अन्तराष्ट्र्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा जजिरा एयरलाइन्सको जहाजसँग चरा ठोक्किएको बताइएको छ ।
जहाजको नोजमा केही रगतको दाग देखिएकाले चरा ठोक्किएको हुन सक्ने अनुमान गरिएको छ ।
बिहान २ बजे १ सय २१ यात्रु लिएर अवतरण गरेपछि पुनः करिब ६० यात्रु लिएर उडान भर्ने तयारीमा हुँदा जहाजको अगाडी भागमा रगत देखिएपछि विमान उडानमा ढिलाई भएको छ ।
अहिले यात्रुहरुाई होटलमा राखिएको छ । चरा ठोक्किएको हो वा अन्य कारणले भन्ने पुष्टि गर्न चेकजाँच गरेपछि मात्रै उडान गरिनेछ । यसका लागि काठमाडौंबाट प्राविधिक बोलाइएको विमानस्थलले जनाएको छ ।
जजिरा एयरलाइन्सले साताको ३ दिन सोमबार, बुधबार र शुक्रबार उडान भरिरहेको छ । विमानस्थलबाट जेठ २ गतेदेखि औपचारिक रुपमा उडान सुरु गरिएको हो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया