कोरोना, मंकीपक्स र युक्रेन युद्ध विश्वका लागि ठूलो चुनौती
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुखले अहिले विश्वले कोरोना, मंकीपक्स र युक्रेनमा जारी युद्ध लगायतका कठिन चुनौतीहरूको सामना गरिरहेको चेतावनी दिएका छन् ।
जेनेभामा संयुक्त राष्ट्रसङ्घीय स्वास्थ्य एजेन्सीका विज्ञहरूसँगको छलफलका क्रममा डा टेड्रोस अधानोम गेब्रेयससले यस्तो बताएका हुन् । यी सबै विज्ञहरू अफ्रिकाबाहिर विश्वका १५ देशमा फैलिएको मंकीपक्सबारे छलफल गर्न भेला भएका थिए ।
हालसम्म युरोप, अमेरिका, क्यानडा, अष्ट्रेलिया र इजरायलमा ८० भन्दा बढी मंकीपक्सको पुष्टि भइसकेको छ ।
आइतबार वार्ताको सुरुवातमा डब्ल्यूएचओ प्रमुखले भने, ‘अवश्य पनि विश्वमा कोरोना महामारी मात्रै संकट होइन । हामीले रोग, खडेरी, भोक र युद्ध जस्ता गम्भीर संकटको सामना गरिरहेका छौं, जुन जलवायु परिवर्तन, असमानता र भूराजनीतिक प्रतिद्वन्द्वताले बढाएको छ,’ उनले भने ।
बेलायतमा मंकीपक्सको पहिलो केस देखिएपछि युरोपका अन्य धेरै देशहरूमा पनि यो भाइरस भेटिएको छ ।
स्पेन, पोर्चुगल, जर्मनी, बेल्जियम, फ्रान्स, नेदरल्याण्ड्स, इटाली र स्वीडेनमा पनि यो भाइरस पुष्टि भएको छ ।
आइतबार अस्ट्रिया र स्विट्जरल्याण्डमा पनि मंकीपक्सका संक्रमित फेला परेका छन् ।
विश्वका १२ देशमा फैलिइसकेकाे मंकीपक्स भाइरस के हो ? कसरी सर्छ ?
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया