हेटौंडा मेयरको पहिलो निर्णयका लोकप्रिय कार्यक्रममा के–के छन् ?
काठमाडौं । हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले पदभार भ्रमणलगत्तैको पहिलो निर्णयमा लोकप्रिय कार्यक्रम अघि सारेकी छिन् ।
मेयरमा निर्वाचितलगत्तै लामाले विपन्नलाई स्वास्थ्य बिमा, निशुल्क खानेपानी, बिजुलीमा सहुलियत र छात्रवृत्तिसहितको कार्यक्रम घोषणा गरेकी हुन् ।
पहिलो बैठकबाट लामाले अति विपन्न १५४१ घरपरिवार लाई निशुल्क स्वास्थ्य बिमा, १५४१ घरपरिवारलाई निशुल्क मासिक १५ हजार लिटर खानेपानी र २५ युनिट विद्युत निशुल्क दिने घोषणा गरेकी छिन् ।
आर्थिक अवस्था कमजोर भएकालाई मेयर छात्रवृत्ति कार्यक्रम संचालन गर्ने, सडकका बीचमै छोडिएका पोललाई सार्ने, महिला जागरण समूहमार्फत लैंगिक हिंसाविरुद्धका अभियान चलाउने र महिला र बालबालिकाका लागि अल्पकालीन आश्रयस्थलको स्थापना गर्नेसहितका कार्यक्रमको घोषणा गरेकी छिन् । लामा नेकपा एकीकृत समाजवादीका तर्फबाट मेयरमा निर्वाचित भएकी हुन् ।

ताजा अपडेट
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै
-
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
-
विश्वकप फुटबलको फाइनल एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने
-
एमाले सांसदलाई संसदीय भूमिका र प्रक्रियाबारे अध्यक्ष ओलीले प्रशिक्षण दिने


प्रतिक्रिया