लाटोकोसेरोसहित दुई भारतीय पक्राउ

काठमाडौं । भारततर्फ लैजादै गरेको लाटोकोसेरोसहित दुई जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत बिहार बस्ने ४२ वर्षीय मृतुन्जय सिंह र ३५ वर्षीय शेख अनवर रहेका छन् । प्रहरीले उनीहरुलाई नेपालबाट भारतर्फ लाटोकोसेरो लैजादै गरेको अवस्थामा शनिबार फेला पारी पक्राउ गरेको हो ।
दुवै जनालाई वन्यजन्तु संरक्षण ऐन सम्बन्धी मुद्दामा कारवाहीका लागि डिभिजन वन कार्यालय वीरगञ्ज बुझाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया