डोटीमा दलित र गैर दलितका छुट्टाछुट्टै धारा
डोटी । पूर्वीचौकी गाउँपालिका–२ कुडासैन गाउँमा दलित र गैर दलितका लागि छुट्टाछुट्टै धारा निर्माण गरिएका छन् ।
गाउँमा वर्षौं पहिलेदेखि दलित र गैर दलितका लागि छुट्टै धारा निर्माण गरिएकाे छ। उक्त गाउँको पानीको मुहानमा तीन पानीका धारा निर्माण गरिएका छन् ।
तीन धारामध्ये दुई धारामा कुडासैनका दलित समुदायका व्यक्तिले जान पाउँदैनन् । दलित समुदायका लागि छुट्टै एक धारा निर्माण गरिएको छ । कहिलेकाहीँ उक्त धारामा पानी नआउँदा भने दलितले टाढाबाट भाँडोमा पानी माग्नुपर्ने बाध्यता रहेको स्थानीय दलित बताउँछन् ।
दलित र गैर दलितको खाने पानीको धारा फरकफरक रहँदा लजास्पदको कुरा रहेको दलित अगुवाको भनाइ छ । नेपालको कानून र संविधानले जातीय विभेदलाई दण्डनीय अपराध भनी सजायको व्यवस्थासमेत गरिसकेको भए पनि विकट गाउँमा उक्त कानून व्यावहारिक पक्ष फितलो हुँदा अहिले पनि सानो जात र ठूलो जातका आधारमा विभिन्न किसिमका विभेद हँदै आएको स्थानीयवासी जोगी विष्टले बताए।
जातीय विभेदका कारणले अहिले पनि देशको एउटा ठूलो समुदाय राज्यका विकास निर्माणका काममासमेत सहभागी हुन नपाएको श्रम विकास केन्द्रका अध्यक्ष अधिराज विसीले बताए । राजनीतिक दल, नागरिक समाज र विभिन्न संघसस्थाले दलित र पछाडि पारिएका समुदायको हकहितका निम्ति विभिन्न कालखण्डमा ठूला आन्दोलन गरे पनि अहिलेसम्म जातीय विभेद उन्मूलन हुन नसकेको विसीको भनाइ छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया