त्रियुगाको स्थगित मतगणना आजबाट
काठमाडौं । विवादपछि स्थगित उदयपुरको त्रियुगा नगरपालिकाको पुनः मतगणना हुने भएको छ । मतदान कार्यमा भएको ढिलाइले उत्पन्न विवादका कारण सञ्चालन हुन नसकेको मतगणना गर्ने तय भएको हो ।
उदयपुरका मुख्य निर्वाचन अधिकृत उत्तम सिलवाले त्रियुगा नगरपालिकाको स्थगित मतगणना अघि बढाउने तयारी थालिएको जानकारी दिए ।
त्रियुगा नगरपालिका–१२ को जनप्रेमी आधारभूत विद्यालयको मतदान केन्द्रमा ढिलोसम्म मतदान भएपछि विवाद भएको थियो । यसबारे अध्ययन गर्न पुगेका आयोगका आयुक्त रामप्रसाद भण्डारीको प्रतिवेदन दिएको थियो । आयोगको प्रतिवेदनपछि निर्वाचन आयोगले सोमवार तत्काल मत गणना सुरु गर्ने निर्णय गरेको हो ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया