NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

जनरल इन्स्योरेन्सको साधारणसभा जेठ ३१ गते, यस्ता छन् एजेण्डा 

काठमडौं । जनरल इन्स्योरेन्स कम्पनीले चौथो साधारणसभा जेठ ३१ गर्ने भएको छ । कम्पनीले उक्त साधारणसभा अमृतभोग,कालिकास्थान, डिल्लीबजार, काठमाडौंमा बिहान १० बजेदेखि गर्न लागेको हो ।

कम्पनीले उक्त सभामा बीमा समितिको स्वीकृती लिई चुक्ता पुँजीको ३० प्रतिशत अर्थात १ः०३ हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यस्तै निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनी गाभ्ने, गाभिने वा प्राप्ति गर्ने सम्बन्धी आवश्यक सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रत्याजोन गर्ने लगायतका विशेष प्रस्ताव पारित गर्ने छ ।

सञ्चालक समितिको तर्फबाट अध्यक्षले कम्पनीको आव २०७७/७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने एजेण्डा छ । कम्पनीको अधिकृत पुँजी, चुक्ता पुँजी र जारी पुँजी वृद्धि भए पश्चात कम्पनीको प्रबन्धपत्रमा सोही बमोजिमको संशोधन गर्ने र संशोधन गरिएको नियमनकारी निकायबाट कुनै निर्देशन प्राप्त भएमा सोही निर्देशन बमोजिमको संशोधन गर्ने अख्तियारी संचालक समितिलाई प्रदान गर्ने प्रस्ताव समेत पारित गर्ने छ ।