जनरल इन्स्योरेन्सको साधारणसभा जेठ ३१ गते, यस्ता छन् एजेण्डा
काठमडौं । जनरल इन्स्योरेन्स कम्पनीले चौथो साधारणसभा जेठ ३१ गर्ने भएको छ । कम्पनीले उक्त साधारणसभा अमृतभोग,कालिकास्थान, डिल्लीबजार, काठमाडौंमा बिहान १० बजेदेखि गर्न लागेको हो ।
कम्पनीले उक्त सभामा बीमा समितिको स्वीकृती लिई चुक्ता पुँजीको ३० प्रतिशत अर्थात १ः०३ हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यस्तै निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनी गाभ्ने, गाभिने वा प्राप्ति गर्ने सम्बन्धी आवश्यक सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रत्याजोन गर्ने लगायतका विशेष प्रस्ताव पारित गर्ने छ ।
सञ्चालक समितिको तर्फबाट अध्यक्षले कम्पनीको आव २०७७/७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने एजेण्डा छ । कम्पनीको अधिकृत पुँजी, चुक्ता पुँजी र जारी पुँजी वृद्धि भए पश्चात कम्पनीको प्रबन्धपत्रमा सोही बमोजिमको संशोधन गर्ने र संशोधन गरिएको नियमनकारी निकायबाट कुनै निर्देशन प्राप्त भएमा सोही निर्देशन बमोजिमको संशोधन गर्ने अख्तियारी संचालक समितिलाई प्रदान गर्ने प्रस्ताव समेत पारित गर्ने छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया