विहे गरेको ८ वर्ष पुगेपछि हमालले राखे ८ वटै तस्बिर

काठमाडौं । अभिनेता राजेश हमालले वैवाहिक वर्षगाँठ आठ वर्ष पुगेको उपलक्ष्यमा आठैवटा तस्बिर सामाजिक सञ्जालमा राखेका छन् ।
फेसबुकमा तस्बिर राख्दै हमालले भनेका छन्, ‘हामीले आजकै दिनमा विवाह भएको हो, समय चलिरहन्छ ।’
अभिनेता हमाल ढल्किँदो उमेरसम्म अविवाहित रहे । यसले गर्दा उनको विहेका बारेमा मिडियाले धेरैपटक प्रश्न उठाए । उनले टार्दै गएका थिए ।
तर, विसं २०७१ वैशाख १० गते विराटनगरकी मधु भट्टराईसँग ५२ वर्षको उमेरमा हमालले विवाह गरे ।
लामो समयको प्रेमलाई आफूहरूले विवाहमा परिणत गरेको उनले पछि खुलासा गरेका थिए ।
ताजा अपडेट
-
कुलमान हटाउने सरकारको निर्णयविरुद्ध काठमाडौंमा प्रदर्शन
-
कुलमान बर्खास्तीको चौतर्फी विरोध, कांग्रेसका महामन्त्रीद्वय पनि साखुल्य
-
संघ सरकारसँग फेरि रिसाए बालेन, टुकुचामा गाडिदिने धम्की
-
वीरगञ्जमा नयाँ वर्षमा ‘रात्रि बजार’ सञ्चालन हुने
-
बाँदरले सताएपछि उपभोक्ताले मागे भरुवा बन्दुक
प्रतिक्रिया