नेप्से बढेपनि कारोबार रकम १ अर्ब ८ करोडमा खुम्चियो
काठमाडाैं । मंगलबार सेयर बजारमा सुधारको संकेत देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज नेप्से १६.३२ अंकले बढेर २२१७.१९ विन्दुमा पुगेको छ ।
त्यस्तै ठूला कम्पनीको सेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ३.६२ अंकले बढेर४३२.६७ अंकमा पुगेको छ । आज नेप्से बढेपनि सोमबारको तुलनामा कारोबार रकम घटेको छ । आज कुल २२४ कम्पनीको ३१ लाख ७३० सेयर खरिदबिक्री हुँदा एक अर्ब ८ करोड ८८ लाख ३३ हजार ५४२ रूपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । सोमबार एक अर्ब ३६ करोड ९५ लाख १३ हजार १९२ रूपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कारोबार भएका १३ वटा उपसमूहमध्ये सामूहिक लगानी कोष र व्यापारबाहेक सबैको सेयरमूल्य घटेको छ । सामूहिक लगानी कोषको सेयरमूल्य ०.२५ प्रतिशत जीवन बीमा ०.७२ व्यापारको ०.१७ प्रतिशतले बढेको छ ।
आज सबैभन्दा बढी वित्त कम्पनीको सेयरमूल्य २.६ प्रतिशतले बढेको छ । त्यस्तै अन्य उपसमूहरूमा बैंकिङ ०.३९, होटल तथा पर्यटन ०.९७, विकास बैंक १.४१, जलविद्तुत २.६, नीर्जीवन बीमा कम्पनी ०.२६, उत्पादन १.१५, अन्य ०.७१, लघुवित्त ०.५७, लगानी ०.४९ प्रतिशतले घटेको छ ।
कारोबारको आधारमा आज एनआइसी एसिया लघुवित्त वित्तिय संस्थाको सबैभन्दा धेरै ४ करोड ८४ लाख ८० हजार ६ सय रूपैयाँको कारोबार भएको छ । त्यस्तै अपर तामाकोशी हाइड्रोपावरको ४ करोड ६३ लाख १४ हजार ९१२ रूपैयाँको कारोबार भएको छ ।
मंगलबार सबैभन्दा धेरै लक्ष्भी लघुवित्त वित्तिय संस्थाको शेयरमूल्य ५.९५ प्रतिशतले बढेको छ । त्यस्तै अपर तामाकोशी हाइड्रोपावरको ५.५८ प्रतिशतले बढेको छ ।
आज कर्पोरेट डेपलभमेन्ट बैंकको सबैभन्दा धेरै १० प्रतिशतले सेयरमूल्य घटेको छ भने लुम्बिनी जनरल इन्स्योरेन्सको ५.३९ प्रतिशतले सेयरमूल्य घटेको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया