NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

नेप्से बढेपनि कारोबार रकम १ अर्ब ८ करोडमा खुम्चियो

काठमाडाैं । मंगलबार सेयर बजारमा सुधारको संकेत देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज नेप्से १६.३२ अंकले बढेर २२१७.१९ विन्दुमा पुगेको छ ।

त्यस्तै ठूला कम्पनीको सेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ३.६२ अंकले बढेर४३२.६७ अंकमा पुगेको छ । आज नेप्से बढेपनि सोमबारको तुलनामा कारोबार रकम घटेको छ । आज कुल २२४ कम्पनीको ३१ लाख ७३० सेयर खरिदबिक्री हुँदा एक अर्ब ८ करोड ८८ लाख ३३ हजार ५४२ रूपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । सोमबार एक अर्ब ३६ करोड ९५ लाख १३ हजार १९२ रूपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबार भएका १३ वटा उपसमूहमध्ये सामूहिक लगानी कोष र व्यापारबाहेक सबैको सेयरमूल्य घटेको छ । सामूहिक लगानी कोषको सेयरमूल्य ०.२५ प्रतिशत जीवन बीमा ०.७२ व्यापारको ०.१७ प्रतिशतले बढेको छ ।

आज सबैभन्दा बढी वित्त कम्पनीको सेयरमूल्य २.६ प्रतिशतले बढेको छ । त्यस्तै अन्य उपसमूहरूमा बैंकिङ ०.३९,  होटल तथा पर्यटन ०.९७, विकास बैंक १.४१, जलविद्तुत २.६, नीर्जीवन बीमा कम्पनी ०.२६, उत्पादन १.१५, अन्य ०.७१, लघुवित्त ०.५७,  लगानी ०.४९ प्रतिशतले घटेको छ ।

कारोबारको आधारमा आज एनआइसी एसिया लघुवित्त वित्तिय संस्थाको सबैभन्दा धेरै ४ करोड ८४ लाख ८० हजार ६ सय रूपैयाँको कारोबार भएको छ । त्यस्तै अपर तामाकोशी हाइड्रोपावरको ४ करोड ६३ लाख १४ हजार ९१२ रूपैयाँको कारोबार भएको छ ।

मंगलबार सबैभन्दा धेरै लक्ष्भी लघुवित्त वित्तिय संस्थाको शेयरमूल्य ५.९५ प्रतिशतले बढेको छ । त्यस्तै अपर तामाकोशी हाइड्रोपावरको ५.५८ प्रतिशतले बढेको छ ।

आज कर्पोरेट डेपलभमेन्ट बैंकको सबैभन्दा धेरै १० प्रतिशतले सेयरमूल्य घटेको छ भने लुम्बिनी जनरल इन्स्योरेन्सको ५.३९ प्रतिशतले सेयरमूल्य घटेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष