NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

पर्यटनलाई समग्र अर्थतन्त्रको गतिशील आयाम बनाउने 

काठमाडौं । सरकारले पर्यटन उद्योगलाई समग्र अर्थन्त्रको गतिशील आयाम बनाउने घोषणा गरेको छ ।

मंगलबार संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले पर्यटकीय स्थल र वस्तुको विविधिकरण गर्दै रोजगारी वृद्धि गर्ने बताइन् ।

उनले स्थानीय उत्पादनमा जोड दिँदै त्यसलाई पर्यटनसँग जोड्ने लक्ष्य सरकारले लिएको बताइन् । ग्रामीण पर्यटन विकास गर्न होमस्टेलाई प्राथमिकता दिइने भएको छ । मूर्त र अमूर्त सम्पदा संरक्षण गर्दै सास्कृतिक पर्यटनमा जोड दिइने भएको छ । इतिहास, कला संस्कृति, मौलिक संस्कृति समेटेर बृहत संग्रहालय बनाउने घोषणा समेत सरकारले गरेको छ ।