सलमान नेपाल आउने कार्यक्रम स्थगित
काठमाडौं । बलिउड अभिनेता सलमान खान नेपाल आउने तय भएको कार्यक्रम स्थगित भएको छ ।
आगामी जेठ १४ गते काठमाडौंको दशरथ रंगशालामा हुन लागेको दबंग टुर रिलोडड अन्तिम समयमा आएर स्थगित भएको हो ।
ओडिसी इन्टरटेनमेन्टको आयोजनामा हुने कार्यक्रमका लागि अभिनेता खानलाई नेपाल ल्याउन लागिएको थियो ।
कार्यक्रम रोकिएकोबारे आयोजकले औपचारिक जानकारी दिएको छैन । तर, शनिबार कार्यक्रम नहुने निधो भइसकेको स्रोतले बताएको छ ।
स्थानीय तह चुनावका कारण टिकट बिक्रीमा परेको प्रभाव र वर्षात्का कारण हाललाई कार्यक्रम स्थगन गरिएको आयोजकमध्येका एक सदस्यले बताए ।
उनका अनुसार अन्य भारतीय कलाकारसँग छलफल गरेर अर्को मिति चाँडै तय गरिने छ ।
स्थगित भएको जानकारी दिन चाँडै विज्ञप्ति जारी गर्ने तयारीसमेत भएको स्रोतले जनाएको छ ।
सलमानको कार्यक्रममा शिव र सुवानीसँगै १४ भन्दा बढी कलाकारको प्रस्तुति – NepalWatch
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया