सलमान नेपाल आउने कार्यक्रम स्थगित
काठमाडौं । बलिउड अभिनेता सलमान खान नेपाल आउने तय भएको कार्यक्रम स्थगित भएको छ ।
आगामी जेठ १४ गते काठमाडौंको दशरथ रंगशालामा हुन लागेको दबंग टुर रिलोडड अन्तिम समयमा आएर स्थगित भएको हो ।
ओडिसी इन्टरटेनमेन्टको आयोजनामा हुने कार्यक्रमका लागि अभिनेता खानलाई नेपाल ल्याउन लागिएको थियो ।
कार्यक्रम रोकिएकोबारे आयोजकले औपचारिक जानकारी दिएको छैन । तर, शनिबार कार्यक्रम नहुने निधो भइसकेको स्रोतले बताएको छ ।
स्थानीय तह चुनावका कारण टिकट बिक्रीमा परेको प्रभाव र वर्षात्का कारण हाललाई कार्यक्रम स्थगन गरिएको आयोजकमध्येका एक सदस्यले बताए ।
उनका अनुसार अन्य भारतीय कलाकारसँग छलफल गरेर अर्को मिति चाँडै तय गरिने छ ।
स्थगित भएको जानकारी दिन चाँडै विज्ञप्ति जारी गर्ने तयारीसमेत भएको स्रोतले जनाएको छ ।
सलमानको कार्यक्रममा शिव र सुवानीसँगै १४ भन्दा बढी कलाकारको प्रस्तुति – NepalWatch
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया