स्वास्थ्य उपचारको क्रममा हुने मृत्युको अडिट गर्ने
काठमाडौं । सरकारले नेपालमा नयाँ प्रयोगको रुपमा स्वास्थ्य संस्थामा हुने मृत्युको अडिट गर्ने घोषणा गरेको छ । आज राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमार्फत सार्वजनिक गरेको नीति तथा कार्यक्रममा सो घोषणा गरेकी हुन् ।
उनले हरेक स्वास्थ्य संस्थामा स्वास्थ्य उपचारको क्रममा हुने मृत्युको अडिट गरिने घोषणा गरिन् ।
साथै सरकाले महिलाहरूमा देखिने पाठेघरको नि:शुल्क स्क्रिनिङ हुने नीति ल्याइएको छ । सरकारले महिलालाइ समयमै पाठेघरको मुखको क्यान्सरबाट जोगाउन नि:शुल्क स्क्रिनिङ गर्ने नीति ल्याइएको राष्ट्रपति भण्डारीले बताइन् । त्यस्तै स्तन क्यान्सलाइ सहज बनाउन विशेष कार्यक्रम ल्याइने पनि उनले बताएकी छिन् ।
सबै प्रदेशमा रक्त सञ्चार केन्द्र, नसर्ने रोगको रोगथामको लाग बहु क्षेत्रीय प्रभावकारी नीति ल्याइने जनाइएको छ । शारीरीक तथा मानसिक दृर्घ रोगीको लागि पुनस्थापना केन्द्र बनाइने नीतिमार्फत सार्वजनिक गरिन् ।
ताजा अपडेट
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने


प्रतिक्रिया