सहरमा थपिएका नागरिकलाई खानेपानी उपलब्ध गराइने

काठमाडाैं । सरकारले सहरी तथा अर्धसहरी क्षेत्रमा बसोबास गर्ने अनुमानित थप चार लाख ६६ हजार जनसंख्यालाई खानेपानी उपलब्ध गराउने नीति लिएको छ ।
संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सहरी क्षेत्रका नागरिकलाई मध्यम तथा उच्चस्तरको खानेपानी उपलब्ध गराउने योजना रहेको बताइन् । सरकारले ‘एक घर, एक धारा’ कार्यक्रम कार्यान्वयन गर्नेछ ।
सरकारले मेलम्ची जलाधारको भौगोलिक अध्ययन प्रतिवेदनका आधारमा आयोजनाको दिगो पथान्तरणको लागि निकायगत समन्वय अघि बढाउने भएको छ । काठमाडौँ उपत्यकाको चक्रपथ बाहिर र भक्तपुरमा अरनिको राजमार्ग वरपरका स्थानमा खानेपानी वितरणका लागि पाइप बिच्छ्याउन सुरु गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । पानीको सतह तथा भूमिगत स्रोत संरक्षण गर्दै खानेपानी आपूर्तिको दिगो व्यवस्था गरिनेछ । काठमाडौँ उपत्यकाभित्रका जलाधार संरक्षण गर्दै खानेपानी आपूर्ति सुनिश्चित गर्न थप स्रोतको अध्ययन गरिने बताइएको छ । खानेपानीमा आर्सनिक समस्या समाधान गरिने उल्लेख छ ।
प्रत्येक स्थानीय तहसँगको समन्वयमा उपयुक्त तरिकाबाट फोहरपानी व्यवस्थापन र ढल प्रशोधन गर्ने कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । आगामी वर्ष १०० स्थानीय तहलाई सरसफाइ गुरुयोजना तयार गर्न सहयोग गर्ने योजना रहेको छ । देशभरका १२ सहरमा एकीकृत खानेपानी र फोहरपानी प्रशोधनको विस्तृत अध्ययन गरिने कार्यक्रम नीतिमा उल्लेख छ ।
ताजा अपडेट
-
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
प्रतिक्रिया