संसद्मा नीति तथा कार्यक्रम सकिन नपाउँदै बढ्यो सवारी भाडा

काठमाडौं । संसद्मा राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दागर्दै यता सवारी भाडा फेरि बढेको छ ।
जनताका ढाड सेकिने गरी आचक्ली बढेको महंगलाई उक्त नीति तथा कार्यक्रमले सम्बोधन गरेको देखिँदैन । यता सवारी भाडा यो सातामै दोस्रो पटक बढिसकेको हो ।
यसअघि जेठ ४ गतेबाट लागू हुनेगरी भाडा दर वृद्धि भएको थियो । यातायात व्यवस्था विभागले जनाएअनुसार डिजेलमा मूल्यवृद्धि भएको हुँदा मंगलबार बाट लागू हुने गरी भाडा बढेको जानकारी गराएको छ ।
नयाँ समायोजना अनुसार यात्रुवाहक सवारीमा २.१ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २.७ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ३ प्रतिशतले मूल्यवृद्धि भएको छ ।
नेपाल आयल निगमले गत जेठ ८ मा इन्धनको मल्यमा प्रति लिटरले १० रुपैयाँका दरले बढाएको थियो । मूल्यवृद्धि अनुसार नै विभागले इन्धनको मूल्य ५ प्रतिशत वा सो भन्दा बढी भएमा स्वचालित रुपमा भाडा बढ्ने व्यवस्था गरेको थियो ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया