साउदीमा १६९ नेपाली अलपत्र

काठमाडौं । रोजगारीका क्रममा साउदी अरब पुगेका १ सय ६९ नेपाली अलपत्र परेका छन् । कम्पनीले तोकिएअनुसारको सेवासुविधा नदिएपछि काम नगर्ने बताएका आधा दर्जन बढी कम्पनीमा कार्यरत नेपाली अलपत्र परेका हुन् ।
अल हलुवा तमिज बेकरीमा दुई, कोइदा इन्टोना कन्डक्सनमा ३४, अलसाफीमा १३, टाइम डिमाण्डमा ५०, थराग ट्रान्सपोरमा २३, युनियन जनरल कन्डक्सनमा ४३ र इन्टरनेशनल सामा एण्ड मेन्टेनसमा ९ जना नेपाली अलपत्र छन् ।
नेपालमा मेनपावर कम्पनीले एउटा सेवा सुविधा बताएको र त्यहाँ पुग्दा अर्कै भएपछि कम्पनीसँग कामदारको विवाद सुरु भएको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया