साउदीमा १६९ नेपाली अलपत्र
काठमाडौं । रोजगारीका क्रममा साउदी अरब पुगेका १ सय ६९ नेपाली अलपत्र परेका छन् । कम्पनीले तोकिएअनुसारको सेवासुविधा नदिएपछि काम नगर्ने बताएका आधा दर्जन बढी कम्पनीमा कार्यरत नेपाली अलपत्र परेका हुन् ।
अल हलुवा तमिज बेकरीमा दुई, कोइदा इन्टोना कन्डक्सनमा ३४, अलसाफीमा १३, टाइम डिमाण्डमा ५०, थराग ट्रान्सपोरमा २३, युनियन जनरल कन्डक्सनमा ४३ र इन्टरनेशनल सामा एण्ड मेन्टेनसमा ९ जना नेपाली अलपत्र छन् ।
नेपालमा मेनपावर कम्पनीले एउटा सेवा सुविधा बताएको र त्यहाँ पुग्दा अर्कै भएपछि कम्पनीसँग कामदारको विवाद सुरु भएको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया