डब्लुएचओको महानिर्देशकमा पुनः ट्रेडोस विजयी
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को महानिर्देशकमा दोस्रो कार्यकालका लागि पुनः डा. ट्रेडोस अधानोम गेब्रेयसस निर्वाचित भएका छन् ।
जेनेभामा सम्पन्न ७५ औं विश्व स्वास्थ्य सम्मेलनबाट डा. ट्रेडोस आगामी पाँचवर्षे कार्यकालका लागि पुनः महानिर्देशकमा चयन भएका हुन् ।
ट्रेडोसविरुद्ध कसैले पनि उम्मेदवार नदिएकाले उनी निर्विरोध भए ।
सन् २०१७ मा पहिलोपटक डब्लुएचओको महानिर्देशकमा निर्वाचित ट्रेडोसको कार्यकाल सन् २०२७ सम्म रहनेछ ।
ट्रेडोसले डब्लुएचओको महानिर्देशकमा दोस्रो कार्यकालका लागि चयन भएकोप्रति प्रशन्नता व्यक्त गर्दै सदस्य राष्ट्रहरूलाई आभार व्यक्त गरेका छन् ।
ताजा अपडेट
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
ग्राहकका लागि निःशुल्क ‘एयरब्याग सेफ्टी रिकल’ सेवा सञ्चालन गर्दै होण्डा
-
सुनको मूल्य ५ हजार ४०० रुपैयाँले बढ्यो
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने


प्रतिक्रिया