NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

डब्लुएचओको महानिर्देशकमा पुनः ट्रेडोस विजयी

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को महानिर्देशकमा दोस्रो कार्यकालका लागि पुनः डा. ट्रेडोस अधानोम गेब्रेयसस निर्वाचित भएका छन् ।

जेनेभामा सम्पन्न ७५ औं विश्व स्वास्थ्य सम्मेलनबाट डा. ट्रेडोस आगामी पाँचवर्षे कार्यकालका लागि पुनः महानिर्देशकमा चयन भएका हुन् ।

ट्रेडोसविरुद्ध कसैले पनि उम्मेदवार नदिएकाले उनी निर्विरोध भए ।

सन् २०१७ मा पहिलोपटक डब्लुएचओको महानिर्देशकमा निर्वाचित ट्रेडोसको कार्यकाल सन् २०२७ सम्म रहनेछ ।

ट्रेडोसले डब्लुएचओको महानिर्देशकमा दोस्रो कार्यकालका लागि चयन भएकोप्रति प्रशन्नता व्यक्त गर्दै सदस्य राष्ट्रहरूलाई आभार व्यक्त गरेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष