एनएमबि बैंक २१.९३ मेगावाटको काबेली ३ जलविद्युत आयोजनाको मुख्य लगानी कर्ता
काठमाडाैं । एनएमबि बैंक लिमिटेडले २१.९३ मेगावाटको काबेली ३ जलविद्युत आयोजनाको मुख्य लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको छ । प्रदेश १ अन्तर्गत ताप्लेजुङ जिल्लामा रहेको सिरीजंघा गाउँपालिकामा निर्माण भइरहेको कावेली ३ जलविद्युत आयोजना काबेली हाइड्रो पावर कम्पनी प्रालिद्घारा प्रवर्द्धन गरिएको जलविद्युत आयोजना हो ।
यस आयोजनामा एनएमबि बैंक अगुवा बैंक रहेको छ भने सह (वित्तीय करणमा सहभागी अन्य बैंकमा सेञ्चुरी कमर्सियल बैंक लिमिटेड रहेको छ । २१.९३ मेगावाट क्षमता भएको सो आयोजनाको कुल अनुमानित लागत रु ४ अर्ब २८ करोड ५० लाख रहेको छ जसमध्ये बैकहरुको ऋण लगानी रु. ३ अर्ब २१ करोड ३० लाख रहनेछ । यो आयोजना समेत एनएमबि बैंकले कुल ४३ वटा जलविद्युत आयोजनाहरुमा लगानी गरिसकेको छ ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरेको Environmental and Social Mitigation Guidelines अनुसार एनएमबि बैंक तयार पारी त्यस बमोजिम बैंकले पर्यावरण तथा सामाजिक व्यवस्थापन प्रणाली लागु गरिसकेको छ । बैंकले पर्यावरण तथा सामाजिक व्यवस्थापन प्रणाली अन्तर्गत प्रचलित अन्तराष्ट्रिय अभ्यासलाई आत्मा सात गर्दै जलविद्युतका आयोजनामा लगानी गर्ने प्रतिवद्धता जाहेर गरेको छ ।
एनएमबि बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफदिइयर एसिया २०२१’ उपाधीबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरिसकेको छ ।
एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया