NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ १ गते

लखनउलाई हराउँदै बैंग्लोर आइपिएलको क्वालिफायरमा

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लोर इन्डियन प्रिमियिर लिग (आइपिएल) को एलिमिनेटर राउण्डमा विजयी भएको छ । योसँगै रोयल क्वालीफायर राउण्डमा प्रवेश गरेको छ भने लखनउको यात्रा टुंगिएको छ ।

गएराति सम्पन्न खेलमा लखनउ सुपर जायन्ट्सलाई १४ रनले परास्त गर्दै बैंग्लोर क्वालिफायर राउण्ड प्रवेश गरेको हो ।

पहिले ब्याटिङ गरेको बैंग्लोरले निर्धारित ओभरमा ४ विकेट गुमाएर २०७ रन जोडेको थियो । बैंग्लोरका लागि रजत पतिदारले नटआउट शतकीय पारि खेले। ५४ बलमा ११२ रन बनाउँदा उनले ७ छक्का र १४ चौका हानेका थिए ।

बैंग्लोरकै लागि दिनेश कार्तिकले ३७, विराट कोहलीले २५ रनको योगदान गरे। यसक्रममा लखनउका मोसिन खान, क्रुनाल पाण्ड्या, आभेस खान र रवि विश्नोईले एक/एक विकेट लिएका थिए ।

२०८ रनको लक्ष्य पाएको लखनउले १९३ रन मात्रै बनाउन सक्यो ।

फाइलन प्रवेशका लागि बैंग्लोरले राजस्थान रोयल्ससँग अझै एक खेल खेल्नुपर्नेछ ।