लखनउलाई हराउँदै बैंग्लोर आइपिएलको क्वालिफायरमा
काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लोर इन्डियन प्रिमियिर लिग (आइपिएल) को एलिमिनेटर राउण्डमा विजयी भएको छ । योसँगै रोयल क्वालीफायर राउण्डमा प्रवेश गरेको छ भने लखनउको यात्रा टुंगिएको छ ।
गएराति सम्पन्न खेलमा लखनउ सुपर जायन्ट्सलाई १४ रनले परास्त गर्दै बैंग्लोर क्वालिफायर राउण्ड प्रवेश गरेको हो ।
पहिले ब्याटिङ गरेको बैंग्लोरले निर्धारित ओभरमा ४ विकेट गुमाएर २०७ रन जोडेको थियो । बैंग्लोरका लागि रजत पतिदारले नटआउट शतकीय पारि खेले। ५४ बलमा ११२ रन बनाउँदा उनले ७ छक्का र १४ चौका हानेका थिए ।
बैंग्लोरकै लागि दिनेश कार्तिकले ३७, विराट कोहलीले २५ रनको योगदान गरे। यसक्रममा लखनउका मोसिन खान, क्रुनाल पाण्ड्या, आभेस खान र रवि विश्नोईले एक/एक विकेट लिएका थिए ।
२०८ रनको लक्ष्य पाएको लखनउले १९३ रन मात्रै बनाउन सक्यो ।
फाइलन प्रवेशका लागि बैंग्लोरले राजस्थान रोयल्ससँग अझै एक खेल खेल्नुपर्नेछ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया