दैलेख बस दुर्घटनामा मृत्यु हुने चारैजनाको सनाखत
दैलेख । जिल्लामा बस दुर्घटनामा ज्यान गुमाउने चारैजनाको सनाखत भएको छ । दैलेखको आठबिस नगरपालिका–२ सिस्नेमा बुधबार बस दुर्घटना भएको थियो ।
मृत्यु हुनेमा दैलेखको दुल्लु नगरपालिका–९ का प्रेम सुनार र काशीराम पाण्डे, कालिकोटको पलता गाउँपालिका–३ का ज्ञानबहादुर बम र धनकला शाही रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक भुवनेश्वर शाहले जानकारी दिए । बसमा सवार अन्य व्यक्ति घाइते भएका छन् ।
घाइतेको स्थानीय स्वास्थ्यचौकी र कर्णाली प्रदेश अस्पताल, सुर्खेतमा उपचार भइरहेको छ । म१ख ६६० नंको बस कालिकोटबाट सुर्खेत हुँदै नेपालगञ्जतर्फ जाँदै गर्दा गए राति दुर्घटना भएको थियो ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया