एमाले हारेको दोष आफूमाथि लागेपछि करिश्मा आक्रोशित
काठमाडौं । अभिनेत्री करिश्मा मानन्धर बसोबास गर्ने गोदावरी क्षेत्रमा उनको पार्टी नेकपा (एमाले)ले हार ब्यहोरेको छ । सो ठाउँमा नेपाली कांग्रेसले जितेको छ ।
चुनावको केहीअघि मात्र करिश्मा एमालेमा प्रवेश गरेकी थिइन् । उनले पार्टी प्रवेश गरेपछि अहिले गोदावरीमा एमाले हारेको भन्दै अहिले सामाजिक सञ्जालमा करिश्माविरुद्ध ‘ट्रोल’ र समाचार बनिरहेका छन् । यसलाई लिएर उनी आक्रोशित भएकी छन् ।
करिश्माले आक्रोशसँगै सामाजिक सञ्जालमा निराशा पनि व्यक्त गरेकी छन् ।
‘जीवनमा कसैको नराम्रो चिताएको छैन । कसैको नराम्रो गरेको छैन । सके बरु आफूसँग भएको बाँडेको छु । सबैको आवाज बन्न सकुँ, उहाँहरूका लागि केही गर्न सकुँ भनेर ! मानसिकतालाई पीडा दिने शब्द प्रयोग गर्ने अधिकार कसैलाई छैन । नत्र भने कानुनी उपाय खोज्नुपर्ने हुन्छ’, उनले लेखेकी छिन् ।
आधारविहीन आरोप लगाउनेहरू अँध्यारोमा हिंडिरहेका मानिसजस्तै भएको करिश्माको आरोप छ ।
बुटबलमा आयोजित कार्यक्रममा करिश्माले आफू जन्मदेखि नै एमालेसँग जोडिएको बताउँदै आफ्नो न्वारानको नाम ‘सूर्यकुमारी’ भएको बताएकी थिइन् । यसलाई लिएर पनि उनी ‘ट्रोल’ बनेकी थिइन् ।
ताजा अपडेट
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन
-
एनटी फाइबरको सस्तो इन्टरनेट प्याकेजमा आकर्षण, ग्राहकले अब अनलाइनबाट पनि सेवा लिन सक्ने


प्रतिक्रिया