एमाले हारेको दोष आफूमाथि लागेपछि करिश्मा आक्रोशित
काठमाडौं । अभिनेत्री करिश्मा मानन्धर बसोबास गर्ने गोदावरी क्षेत्रमा उनको पार्टी नेकपा (एमाले)ले हार ब्यहोरेको छ । सो ठाउँमा नेपाली कांग्रेसले जितेको छ ।
चुनावको केहीअघि मात्र करिश्मा एमालेमा प्रवेश गरेकी थिइन् । उनले पार्टी प्रवेश गरेपछि अहिले गोदावरीमा एमाले हारेको भन्दै अहिले सामाजिक सञ्जालमा करिश्माविरुद्ध ‘ट्रोल’ र समाचार बनिरहेका छन् । यसलाई लिएर उनी आक्रोशित भएकी छन् ।
करिश्माले आक्रोशसँगै सामाजिक सञ्जालमा निराशा पनि व्यक्त गरेकी छन् ।
‘जीवनमा कसैको नराम्रो चिताएको छैन । कसैको नराम्रो गरेको छैन । सके बरु आफूसँग भएको बाँडेको छु । सबैको आवाज बन्न सकुँ, उहाँहरूका लागि केही गर्न सकुँ भनेर ! मानसिकतालाई पीडा दिने शब्द प्रयोग गर्ने अधिकार कसैलाई छैन । नत्र भने कानुनी उपाय खोज्नुपर्ने हुन्छ’, उनले लेखेकी छिन् ।
आधारविहीन आरोप लगाउनेहरू अँध्यारोमा हिंडिरहेका मानिसजस्तै भएको करिश्माको आरोप छ ।
बुटबलमा आयोजित कार्यक्रममा करिश्माले आफू जन्मदेखि नै एमालेसँग जोडिएको बताउँदै आफ्नो न्वारानको नाम ‘सूर्यकुमारी’ भएको बताएकी थिइन् । यसलाई लिएर पनि उनी ‘ट्रोल’ बनेकी थिइन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया