अनौठो सोख : मान्छेबाट कुकुर बन्न २० लाख खर्च
काठमाडौं । संसारमा यस्ता धेरै व्यक्ति छन् जो आफ्नो अनौठो काम गरेका कारण चर्चामा आउने गर्छन् । यस्तै एउटा अनौठो घटना जापानबाट आएको छ, जहाँ एक व्यक्तिको कुकुर बन्ने सोखले सबैलाई छक्क पारेको छ ।
टोको नामका जापानका यी मानिस अहिले कुकुर बनेका छन् । मानिसबाट कुकुर बनेपछि टोकोले सामाजिक सञ्जालमा एउटा तस्बिर सेयर गरेका छन् । जापानका यी व्यक्तिको बाल्यकालदेखि नै कुकुर भएर जीवन जिउने सपना थियो ।

जापानको एक व्यावसायिक एजेन्सी जेपेट कम्पनीले टोकोलाई कुली जातको कुकुरको नस्लमा परिणत गरिदिएको छ । उनले कुकुर बन्नलाई २० लाख जापानी येन खर्च गरेका छन् । उनले यति धेरै पैसा दिएर ठ्याक्कै कुकुरजस्तै देखिने पोशाक बनाएका छन् । यो पहिरनमा उनलाई चिन्न निकै गाह्रो पर्छ ।
पोशाक बनाउन करिब ४० दिन लाग्यो । मानिस र कुकुरमा धेरै भिन्नता भएकाले यो पोशाक बनाउन निकै मेहनत गरेको कम्पनीले जनाएको छ । टोको यो पोशाक लगाएपछि कुकुरजस्तै देखिन्छन् । उनले एक अन्तर्वार्तामा कुकुरकाे पाेशाकले हातखुट्टा चलाउन केही असहज हुने बताएका छन् ।
ताजा अपडेट
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने


प्रतिक्रिया