अनौठो सोख : मान्छेबाट कुकुर बन्न २० लाख खर्च
काठमाडौं । संसारमा यस्ता धेरै व्यक्ति छन् जो आफ्नो अनौठो काम गरेका कारण चर्चामा आउने गर्छन् । यस्तै एउटा अनौठो घटना जापानबाट आएको छ, जहाँ एक व्यक्तिको कुकुर बन्ने सोखले सबैलाई छक्क पारेको छ ।
टोको नामका जापानका यी मानिस अहिले कुकुर बनेका छन् । मानिसबाट कुकुर बनेपछि टोकोले सामाजिक सञ्जालमा एउटा तस्बिर सेयर गरेका छन् । जापानका यी व्यक्तिको बाल्यकालदेखि नै कुकुर भएर जीवन जिउने सपना थियो ।

जापानको एक व्यावसायिक एजेन्सी जेपेट कम्पनीले टोकोलाई कुली जातको कुकुरको नस्लमा परिणत गरिदिएको छ । उनले कुकुर बन्नलाई २० लाख जापानी येन खर्च गरेका छन् । उनले यति धेरै पैसा दिएर ठ्याक्कै कुकुरजस्तै देखिने पोशाक बनाएका छन् । यो पहिरनमा उनलाई चिन्न निकै गाह्रो पर्छ ।
पोशाक बनाउन करिब ४० दिन लाग्यो । मानिस र कुकुरमा धेरै भिन्नता भएकाले यो पोशाक बनाउन निकै मेहनत गरेको कम्पनीले जनाएको छ । टोको यो पोशाक लगाएपछि कुकुरजस्तै देखिन्छन् । उनले एक अन्तर्वार्तामा कुकुरकाे पाेशाकले हातखुट्टा चलाउन केही असहज हुने बताएका छन् ।
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया