‘लन्डन टु पेरिस’ डेब्यू गर्ने गरिमाको तयारी
काठमाडौं । टिकटकबाट उदाएर म्यूजिक भिडियोमा छाइरहेकी मोडल गरिमा शर्माले फिल्म ‘लण्डन टु पेरिस’बाट अभिनेत्रीको रुपमा डेब्यू गर्न लागेकी छन् । निर्माण समूह र गरिमाबीच सम्झौता भइसकेको छ ।
फिल्ममा निर्देशक घनश्याम लामिछाने रहेका छन् । गरिमाबाहेक अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह पनि रहेकी छन् । फिल्मको फर्स्टलुक केही दिनमा सार्वजनिक गरिनेछ ।
एबी इन्टरनेशनलले निर्माण गर्न लागेको फिल्म असारबाट बेलायत र फ्रान्समा छायांकन हुनेछ । फिल्मको कथा, पटकथा तथा संवाद प्रदीप भारद्धाजले लेखेका हुन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया