१५ अंकले घट्यो नेप्से, १ अर्ब २९ करोडको कारोबार
काठमाडाै । साताको अन्तिम दिन शुक्रबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज नेप्से १५.८२ अंकले घटेर २२२३.७८ विन्दुमा पुगेको छ ।
त्यस्तै ठूला कम्पनीको सेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ३.४० अंकले घटेर ४३३.०७ अंकमा पुगेको छ । आज कुल २२३ कम्पनीको ४१ लाख ४० हजार ६६५ सेयर खरिदबिक्री हुँदा एक अर्ब २९ करोड ८९ लाख ५ हजार ५९० रूपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबारमा आएका १३ उपसमूहमध्ये होटल तथा पर्यटनकोबाहेक सबैको सेयरमूल्य घटेको छ । होटल तथ पर्यटनको सेयरमूल्य ०.०८ प्रतिशतले बढेको छ । आज सबैभन्दा बढी वित्तको १.३७ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबैभन्दा बढी रुरुको ६.१३ प्रतिशतले बढेको छ ।कारोबारको आधारमा आज सबैभन्दा बढी प्रभु बैंक लिमिटेड प्रमोटर सेयरको १७ करोड ६० लाख ७५ हजार रुपैयाँका कारोबार भएको छ । त्यस्तै मेगाको ९ करोड ८२ लाख ४० हजार ६६४ रुपैयाँको कारोबार भएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया