NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २० गते

हिटलरको अन्तिम दिन

अप्रिल २५, सन् १९४५ देखि हिटलरको जीवनमा एउटै उद्देश्य थियो, आफ्नो मृत्युको लागि तयारी गर्नु । अप्रिल २५ मा नै आफ्नो व्यक्तिगत अंगरक्षक हेन्ज लिङलाई बोलाएर उनले भने, ‘मैले आफैंलाई गोली हानेपछि तिमीले मेरो शवलाई चान्सेलरीको बगैंचामा लगेर आगो लगाइदिनु । मेरो मृत्युपछि मलाई कसैले देख्ने छैन । यसपछि तिमी मेरो कोठामा आएर एन्टोन ग्राफले बनाएको फ्रेडरिक महानको चित्रबाहेक मैले प्रयोग गर्ने सबै चीजलाई जम्मा गरेर जलाइदेउ । त्यो चित्रलाई मेरो ड्राइभरले सुरक्षित रुपमा बर्लिनबाट बाहिर लैजानेछ ।’

आफ्नो जीवनको अन्तिम समयमा हिटलर जमिनभन्दा ५० फिट तल बनाएको बंकरमा काम गर्थे र त्यहीँ सुत्थे । आफ्नो मन पर्ने कुकुर ब्लोन्डीलाई डुलाउन चान्सलरी बगैंचामा बेला बेला पुग्ने गर्थे । त्यहाँ चारैतर्फ बमले ध्वस्त भएको भवनका अवशेषहरुमात्र थिए ।

हिटलर बिहान ५ वा ६ बजे सुत्न जान्थे र दिउँसो उठ्थे । हिटलरका निजी सचिव त्राउदी जुंगा अन्तिम क्षणसम्म बंकरमा हिटलरको साथमा थिइन् । त्राउदीले भनिन्, ‘पछिल्ला १० दिन हाम्रा लागि साँच्चै दुःस्वप्न जस्तै थिए । हामी बंकरमा लुकेका थियौं र रुसीहरु नजिक आइरहेका थिए । हामीले उनीहरुको बन्दुकको गोली, बम र गोलाहरु स्पष्ट सुन्न सक्थ्यौं । हिटलर बंकरमा कोही आएर आफूलाई बचाउने पर्खाइमा थिए । तर उनले सुरुदेखि युद्ध नजिते बर्लिन नछोड्ने र आफ्नै हातले मर्ने स्पष्ट गरिसकेका थिए । यसकारण हामीलाई के हुँदैछ अब भन्ने थाहा थियो ।’

हामी सबैलाई हिटलरले २२ अप्रिल, १९४५ मा इच्छा भए बर्लिन छोड्न सक्ने बताए । सबैभन्दा पहिला उनकी प्रेमिका इभा ब्राउन बोलिन्, ‘म तपाईंलाई छोडेर कतै जानेछैन, म यहीँ बस्नेछु ।’

उनले आफ्नो काँधको बीचमा टाउको निहुराउँदा बुढो गिद्धजस्तो आभास हुन्थ्यो । उनको सम्पूर्ण व्यक्तित्वमा सबैभन्दा परिवर्तन आएको उनको चाल थियो । उनी मदिरा सेवन गरेर मातिएकोजस्तो गरी हिँड्थे । सायद यो बम विस्फोटले कानमा पुर्याएको क्षतिका कारण हुन सक्छ । उनी थोरै पर पुग्थे र फेरि टेबल समात्थे । ६ महिनाको अन्तरमा उनी १० वर्ष बुढो भइसकेका थिए 

त्यही बेला हिटलरका एक मन्त्री अल्बर्ट स्पियर उनलाई बिदाइ गर्न बंकरमा आएका थिए । त्यतिबेलासम्म हिटलरको व्यक्तित्वमा धेरै परिवर्तन आइसकेको थियो ।

जीवनको अन्तिम सातामा हिटलरको अवस्था यस्तो भइसकेको थियो, उनीप्रति दया देखाउन मात्रै सकिन्थ्यो । उनको पूरै शरीर काँपिरहेको थियो र काँधहरु सुकेका थिए । उनको लुगा पनि फोहोर थियो र निकै शान्त थिए ।

हिटलरको त्यसबेलाको हालत ‘द लाइफ एन्ड डेथ अफ एडोल्फ हिटलर’ लेख्ने रोबर्ट पेनले वर्णन गरेका थिए । उनले लेखेका छन्, ‘हिटलरको अनुहार सुन्निएको थियो र असंख्य चाउरी परेका थिए । घरीघरी उनको दायाँ हात काँप्थ्यो । त्यसलाई रोक्न उनले बायाँ हातले समात्थे ।’

उनले आफ्नो काँधको बीचमा टाउको निहुराउँदा बुढो गिद्धजस्तो आभास हुन्थ्यो । उनको सम्पूर्ण व्यक्तित्वमा सबैभन्दा परिवर्तन आएको उनको चाल थियो । उनी मदिरा सेवन गरेर मातिएकोजस्तो गरी हिँड्थे । सायद यो बम विस्फोटले कानमा पुर्याएको क्षतिका कारण हुन सक्छ । उनी थोरै पर पुग्थे र फेरि टेबल समात्थे । ६ महिनाको अन्तरमा उनी १० वर्ष बुढो भइसकेका थिए ।

विवाहपछि कफी पिउँदै हिटलरले गोएबेल्सको विवाहमा सहभागी भएका दिन सम्झिन थाले । फेरि अचानक उनको मूड बदलियो र उनी बोले, ‘सबै सकियो । मलाई सबैले धोका दिए 

बंकरमा आफ्ना अन्तिम दिन बिताइरहँदा हिटलरले इभा ब्राउनसँग विवाह गरेर आफ्नो सम्बन्धलाई वैधता दिने निश्चित गरेका थिए । रोबर्ट पेनले लेखेका छन्, ‘गोएबल्सले सोचे कुनै वाल्टर वाग्नरले उनको विवाह गरिदिनेछन् । उनलाई कसरी खोज्ने समस्या थियो । एक सिपाही पठाएर उनलाई साँझ हिटलरको बंकरमा ल्याइयो तर विवाहको प्रमाणपत्र साथमा ल्याउन बिर्सिएका थिए ।’

हिटलरको विवाह

प्रमाणपत्र लिन उनी फेरि आफ्नो घर फर्किए । वाग्नर भिषण रुसी गोलीबारीको बीचमा भग्नावशेषले भरिएको सडकहरु हुँदै हिटलरको बंकरमा फर्किए । त्यतिबेला विवाहको भोज सुरु हुन लागेको थियो । हिटलर र इभा ब्राउन उत्सुकतापूर्व उनीहरुलाई पर्खिरहेका थिए । हिटलरले गोएबल्स र ब्राउनले बोर्मनलाई आफ्नो विवाहको साक्षी बनाए ।

‘विवाहको सर्टिफिकेटमा हिटलरको हस्ताक्षर मरेको किराजस्तो देखियो । इभा ब्राउनले विवाहभन्दा पहिलाकै नाम ब्राउन लेखिन् । फेरि उनले त्यसलाई काटेर इभा हिटलर ब्राउन लेखिन् । गोएबेल्सले हस्ताक्षर अगाडि डाक्टर लेख्न बिर्सेनन् । प्रमाणपत्रमा तारिख २९ अप्रिल लेखियो । यो गल्ती थियो । विवाह गर्दागर्दै राति १२ बजेर २५ मिनेट गइसकेको थियो । त्यसमा अप्रिल ३० लेख्नु पर्ने थियो ।’

 

विवाहपछि भोजमा बोर्मन, गोएबेल्स, माग्दा गोएबेल्स, जनरल क्रेब्स, जनरल बर्गडर्फ, हिटलरका दुई निजी सचिव र उनका शाकाहारी भान्से पनि सहभागी थिए ।

विवाहपछि कफी पिउँदै हिटलरले गोएबेल्सको विवाहमा सहभागी भएका दिन सम्झिन थाले । फेरि अचानक उनको मूड बदलियो र उनी बोले, ‘सबै सकियो । मलाई सबैले धोका दिए ।’

जीवनको अन्तिम दिन हिटलर केही घण्टा सुते । उठेर नुहाए । कपाल काटिसकेपछि हिटलरले आफ्ना सेनापतिहरुलाई भेटे । उनीहरुसँग आफ्नो अन्त्यनजिकै रहेको बताए । सोभियत सिपाहीहरु जुनसुकै बेला आफ्नो बंकरमा प्रवेश गर्न सक्छन् भने ।

‘आत्महत्याको योजना बनाएका हिटलरले प्रोफेसरलाई बोलाएर साइनाइडको क्याप्सुललाई विश्वास गर्न सकिने वा नसकिनेबारे सोधे । यो परीक्षण उनको कुकुरमाथि गर्न सकिने सल्लाह दिए । कुकुरमाथि परीक्षण गरेर हिटलरलाई परीक्षण सफल भएको रिपोर्ट बुझाए ।

हिटलर आफैंले त्यो दृश्य हेर्ने आँट गरेनन् । उनको मृत्युपछि ब्लोन्डी र उसका ६ वटा बच्चालाई एउटा बाकसमा राखेर चान्सेलरीको बगैंचामा ल्याइयो । कुकुरका बच्चाहरु अझै पनि आफ्ना आमाको स्तनमा टाँसिएका थिए । त्यसपछि हिटलरका अंगरक्षक ओटे गुएनसेले उनीहरुलाई गोली हानेर मारे र ती सबैलाई एउटै बाकसमा त्यहीँ गाडियो ।

साढे दुई बजे हिटलर आफ्नो अन्तिम भोजन गर्न बसे । त्यही बेला गुएनसेलाई २०० लिटर पेट्रोलको व्यवस्था गर्न भनियो ।

खाना खाएपछि हिटलरले अन्तिमपटक आफ्ना साथीसँग भेट्न आए । उनले साथीहरुको अनुहार नै नहेरी हात मिलाए । हिटलरकी पत्नी इभा ब्राउन पनि उनीसँगै थिइन् । उनले गाढा निलो रंगको पोशाक र खैरो रंगको इटालियन जुत्ता लगाएकी थिइन् । उनको हातमा हिराजडित प्लाटिनमको घडी थियो । फेरि दुवै जना कोठाभित्र गए ।

त्यतिबेला माग्दा, गोएबेल्स ढोकामा चिच्याउँदै आइन् ‘हिटलरले आत्महत्या गर्नुहुँदैन ।’

हिटलरले माग्दालाई भेट्न चाहेनन् । उनी ढोका लगाएर कोठाभित्रै बसे ।

ढोकाबाहिर उभिरहेका हेन्ज लिङ्गले हिटलरले कहिले गोली हाने थाहा पाएनन् । उनले अलिअलि बारुदको गन्ध आएपछि मात्रै यसको महसुस गरे ।

बोर्मनले हिटलरको कोठाको ढोका खोल्न आदेश दिए । ढोका खोल्दा हिटलरको टाउको टेबुलमा झुन्डिरहेको थियो। इभा ब्राउन घुँडा र छाती जोडिएर सोफामा लडिरहेकी थिइन्

रोकस मिस्च हिटलरको बंकरमा टेलिफोन अपरेटर थिए । उनले भनेका थिए, ‘अचानक मैले हिटलरको परिचारकलाई कसैले कराएको सुने, सायद हिटलर रहेनन् । तिनीहरुले बन्दुकको आवाज सुने होलान् तर मैले सुनिनँ । त्यही समय हिटलरका निजी सचिव बोर्मनले सबैलाई चुप लाग्न भने । कसैले कानेखुशी गरिरहेका थिए ।

त्यसपछि बोर्मनले हिटलरको कोठाको ढोका खोल्न आदेश दिए । ढोका खोल्दा मैले हिटलरको टाउको टेबुलमा झुन्डिएको देखे । इभा ब्राउन घुँडा र छाती जोडिएर सोफामा लडेकी थिइन् । उनले गाढा निलो रंग लगाएकी थिइन् । सायद उनले मर्ने बेला हात फैलाइन् होला, त्यसकारण त्यहाँ राखिएको फूल खस्यो । यो दृश्य म कहिल्यै बिर्सन सक्दिनँ ।’

यसपछि हिटलरको शव लिङ कम्बलमा लपेटेर चान्सलरी बगैंचामा गए । बोर्मनले इभा ब्राउनको शव उठाए । हिटलरका जीवनीकार इयान कर्शन लेख्छन्, ‘यो दृश्य हिटलरका सबै साथीहरुले बंकरको ढोकाबाट हेरे । हिटलर र उनकी श्रीमतीको शरीरमा आगो लगाउँदा सबैले हात उठाएर ‘हेल हिटलर’ भने र बंकरमा फर्के । त्यसबेला जोडले हावा चलिरहेको थियो ।

जब आगो कम भयो, थप पेट्रोल हालियो । आगो साढे दुई घण्टासम्म निरन्तर बलिरह्यो । रातको ११ बजे गुएनसेले एसएस सिपाहीलाई जलेको शव गाड्न पठाए । केही दिनपछि जब सोभियत अन्वेषकहरुले हिटलरको अवशेष फेला पारे । त्यो सबै बाहिर निकाल्दा त्यहाँ केही बाँकी थिएन । त्यहाँ एउटा डेन्टल ब्रिज भेटिएको थियो । सन् १९३८ देखि हिटलरका लागि काम गर्ने दन्त चिकित्सकले त्यो डेन्टल ब्रिज हिटलरकै भएको प्रमाणित गरे ।

 

ताजा अपडेट

नेपालवाच विशेष